प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०७८
लागू औषध सहित मानिस नियन्त्रणमा
२०७८-०८-२८

दाङ,२८  मिति २०७८।०८।२८ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले अबैध लागूऔषध ब्राउनसुगर सहित १० जनालाई  साँझ पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये तुलसीपुर उपमहानगरपालिका-१ भम्के बस्ने २२ वर्षीय बिनोद भण्डारी समेत ४ जना सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५ सय ४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका-५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय  अमर गन्दर्भ समेत ४ जना २ सय १० मिलिग्राम र  तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत २ जना ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित फेला परेका हुन् ।         यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०८-२२

 बाँके मंसिर २२,नेपालगंजमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर सहित मानिस पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर बस्ने बर्ष अं.३० को सेर जोलाहा हुन।  मिति २०७८।०८।२२ गते अन्दाजी १४;३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित यस चौकी र ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट  खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा  जोलाहाको साथबाट भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ला.औ.ब्राउनसुगर  ५ ग्राम ५०० मिलीग्राम बरामद गरी मानिस सहित नियन्त्रणमा ल्याई आवस्यक कार्वाहीको लागी  जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।

१७ लाख बराबरको अबैध सामान पक्राउ
२०७८-०८-२२

रुपन्देही मंसिर २२, रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुरबाट १७ लाख बराबरको अबैध सामान र सवारी साधन बरामद गरिएको छ।  मिति २०७८।०८।२२ गते बिहान अं.०४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुर स्थितमा लु १ ज ४०१२ नं.को बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा सो बलेरो जिप भित्र अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको लेडिज सुट ३१९ पिस, बिभिन्न मेसिनरी उपकरणका पाटपुर्जा १६७ पिस, मेसीनरी नट १ बोरा, सुपर फास्ट ४४३ पिस, Doco Necol Thiner ३ थान गरी अन्दाजी रु. ८,००,०००। बराबरको सामान र बलेरो पिकअप जिपको अन्दाजी मुल्य रु. ९,००,०००।- सहित अन्दाजी मुल्य रु.१७,००,०००/-(सत्र लाख) बराबरको अबैध सामानहरु फेला पारी चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ।

गैडाको खाग सहित मानिस नियन्त्रणमा
२०७८-०८-२२

रुपन्देही मंसिर २२, जिल्लाको बुटवल उप-महानगरपालिका वडा नं. ५ मा रहेको हरियाली होटलबाट ४ जना मानिस सहित गैडाको खाग बरामद गरिएको छ । मिति २०७८।०८।२२ गते अन्दाजी १६:०० बजेको समयमा गैडाको खागको कारोवार गर्ने मानिसहरु रहेको भन्ने सुचनाको आधार  खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही वुटवल उप-महागनरपालिका नं.५ न्यूरोड स्थितमा रहेको हरियाली होटल एण्ड लजको चौथो तलाको ११८ नम्बर कोठामा शंकास्पद रुपमा बसेका जिल्ला अर्घाखाँची छत्रकोट गा.पा.वडा नं.७ सुर्यथुम बस्ने वर्ष ४८ को नर बहादुर सुनार,ऐ.ऐ. बस्ने वर्ष ५८ को पदम  सुनार र ऐ.ऐ. वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपानेलाई तलासी लिदा निजहरु मध्येका सुमन न्यौपानेले लगाएको ज्याकेटको वाया भित्री गोजिमा  कालो रङको ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैडाको खाग बदामद भएको हो । निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ।

१८ लाख बराबरको अबैध सामान पक्राउ
२०७८-०८-१९

रुपन्देही, बुटवल उपमहानगरपालिका-२ तिनाउपुलमा अवैध रुपमा ल्याउँदै गरेकोकरिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ताहरूसहित सैनामैनानगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय बिष्णु थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोछ । कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु.१ च ८२१३ नम्बरको बलेरोलाई जिल्ला प्रहरीकार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाडीमा अबैध रुपमा ल्याउँदैगरेको उक्त सामानसहित गाडीका चालक बिष्णुलाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएकोसामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ ।
२०७८-०८-१४

बर्दिया मिति २०७८।०८।१४ गते जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.०७ कर्णालीपुर स्थित फुटाह - कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा बेलुका अं. ०५:१५ बजेको समयमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.०२ सीतापुर बस्ने वर्ष २२ को प्रदिप सुनार र ऐ.ऐ. वडा नं. ०७ बस्ने वर्ष २१ को विशाल सिंह ठकुरीलाई चेकजाँच तथा शरीर खानतलासी गर्दा ९६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारी उक्त लागू औषध सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।                                                                                          

ब्राउन सुगर सहित भारतिय नागरिक पक्राउ ।
२०७८-०८-१४

बर्दिया २०७८।०८।१४ गते इलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.. ५ स्थित देश भारत जिल्ला बहराइच तहसिल मिपुरुवा सुजौली थाना फकिरपुर बस्ने वर्ष २२ को रोहित कुमार गुप्तालाई शंका लागी रोकी चेकजाँच तथा खानतलासी गर्दा निजको शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ७६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारि लागू औषध सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको ।  

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन
२०७८-०८-०२

रुपन्देही, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुहुँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं सम्वर्दन गर्नुपर्ने उल्लेख गर्नुभयो ।सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’ महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्‌भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा FCDO (Foreign, Commonwealth and Development Office), UK का प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । FCDO को सहयोगमा UNOPS अन्तर्गत Modernization and Improvement of Policing Project (MIPP) आयोजनाबाट कूल ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ पैसा लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संघीय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीमा बिहीबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, दङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखहरु तथा मातहत विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई समसामहिक बिषयमा निर्देशन समेत दिनुभयो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा हुने आपराधिक कृयाकलाप लगायत महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा थप संवेदनशील भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । कानुन कार्यान्वयनको सिलसिलामा कुनैपनि सम्झौता गर्न नहुने बताउँदै उहाँले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन समेत बताउनुभयो ।